नेपालमा अब केही कुराको टेन्सन रहेन। कान्तिपुर पत्रिकाको ग्राहक बन्दा गाडी उपहार, नागरिकको ग्राहक बन्दा घर उपहार, राजाधानीको ग्राहक बन्यो इलेक्ट्रोनिक सामान उपहार ! जाडोमा अलिकती लुगा फाटोको जरुरी थियो त्यै पनि "अन्नपूर्ण पोस्ट" ले पुरा गरिदिने भएछ-एक जोर ट्र्याक सुट दिएर । छोरा छोरी पढाउनु पर्यो किताब देखी स्कुल फि सम्मको जिम्मा चाउचाउले लिएकै छन्। खानेकुरा पोषण र स्वास्थ्यको त झन चिन्तै भएन. भिटामिन, मिनरल, खनिजलगायत शरीरलाई चाहिने सम्पूर्ण चिज चाउचाउमै छ्दै छ। एउटा चाउचाउ खायो अरु केही खानै परेन। फोन गर्नु पर्यो ncell ले सित्तैमा दिन्छ । नगद चाहियो बैकहरु हामी छौ भनिरकै छन। गएछन दु:खका दिन.... चिन्ता देशको थियो त्यैपनी "राष्ट्र निर्माण हाम्रो जिम्मेबारी" भन्दै डन्डी र सिमेन्टले पुरै देश बिकासको जिम्मा लिइहाले । अब नेताको पनि केही काम भएन । अब संबिधान नबन्ला कि भनेर पनि चिन्ता गर्नु परेन एक बर्ष भित्रमा हामी बनाउछौ संबिधान भन्दै कुनै नयाँ सिमेन्ट फ्याक्ट्रि खुल्ला नि ! अब बा लाई स्लिपिङ ट्याब्लेट पनि खुवाउनु परेन nepaltop पिपिआर पाइप र फिटिङ बा को सिरानी मुनी हाल्दियो बा ढुक्कले निदाउनु हुन्छ। आफु पनी एक सेट पाइप हालिन्छ सिरानमुनी अनी ढुक्कले सुतिन्छ। गए दु:खका दिन । जय नेपाल !!!

Posted By >>>RKO<<< on Mon, Aug 25, 2014, 08:55 AM under अन्य with   0  &  0 

comments powered by Disqus