सेरे सधैंससुराली जाँदोरहेछ । फेरि जहिले पनि भात खानेगरी जाँदो रहेछ । सासुले सेरेलाई भात दिँदा सधैं घिउ हालेरदिँदी रहिछिन् र भन्दि रहिछिन्: यो चाहिँ मेरो तर्फबाट । घिउ खान पल्केको सेरे एक महिनासम्म भात खान आएछ ।सासुले जहिलेपनि घिउ खानदिन्थिन् । एक दिन कति आइरहेको भनेर जानी-जानी घिउ दिइनन् । सेरेले पनि सासुले बिर्सिन् कि,एकछिनमा सम्झेर देलिन् भनेरभात बिस्तारै खायो तर सासुलेघिउ दिने छाँटकाँट नभएपछि सेरेले भन्योः सासुआमा मैले आज बाटोमा आउँदा कत्रो लामो सर्प देखेको, मैले अहिलेसम्म देखेको छैन त्यस्तो सर्प । सासुले भनिन् कत्रो लामो सर्प थियो र ? सेरेले छिट्टो जवाफ दियो: कति लामो भने त्यस्तैयो मेरो थालदेखि उत्यो घिउको बट्टा सम्मलामो सर्प देखेको थिएँ । हत्त न पत्त सासुले ए मैले घिउ हाल्नै बिर्सेछु भनेर घिउ हालिदिइन् ।

Posted By >>>RKO<<< on Thu, Aug 07, 2014, 03:29 AM under सेरे जोक्स with   0  &  0 

comments powered by Disqus