यमराजले शेरेलाई लिन आएछ । यमराज: हिँड, तेरो समय सकियो ! शेरे: नाइँ! (एकछिन सोचेर) ठिकै छ, के तपाइले मेरो अन्तिम इच्छा पुरा गर्दिनु हुन्छ ? यमराज: के हो तेरो अन्तिम इच्छा? शेरे: म मर्नुभन्दा पहिला तपाइसँग बसेर चिया पिउन चाहन्छु । यमराज: ठीकै छ। शेरेले खुसुक्क यमराजको चियामा निदको गोली हालिदिएछ । चिया पिएर यमराज निदाएछ । अनि शेरे छिटोछिटो गरेर यमराजको लिस्टबाट आफ्नो नाम माथिबाट हटाएर तल राखेछ । पछि नींदबाट उठेर यमराज भनेछ : बालक, तैले चिया ख्वाएर मलाइ खुशी बनाइस् । अब म आफ्नो लिस्ट माथीको सट्टा तलबाट हेर्न शुरु गर्छु !

Posted By keran on Thu, Mar 06, 2014, 09:26 AM under सेरे जोक्स with   1  &  0 

comments powered by Disqus