सुन्तलीले क्रिम लगाउँदा....!! = = धर्मुस = सुन्तली, के लाएकी ? सुन्तली = किरिम हो क्या, यसले गोरो अनि राम्रो बनाउँछ। ल तपाईं पनि लिनु। = = धुर्मुसले क्रिम हातमा लिएर मनमनै सोच्यो, जब सुन्तलीले यो लगाएर राम्रो भइन्छ भनी भनें झन् खायो भनें, म त अझ राम्रो हुन्छु। त्यसपछि उसले उक्त क्रिम चाटेछ। = = त्यो देखेर सुन्तलीलाई रिस उठ्यो अनि बजाइदी धुर्मुसको गालामा। = = धुर्मुसले रुँदै गएर बाउलाई पोल लगायो। दार्ही बूढो रिसले मुर्मुरिँदै आयो। = = दार्ही बूढो = तिमीले मेरो छोरालाई किन पिटेको ? सुन्तली = मैले किरिम दिएको त उहाँले खानुभो। दार्ही बूढोले धुर्मुसेलाई दुई चड्कन दिँदै भन्योः = = = उल्लू, गधा मुर्ख, किरिम निस्तै खाइस् ? बुहारीले त्यो त रोटीसँग खान पो देको त।

Posted By >>>RKO<<< on Fri, Dec 27, 2013, 01:19 PM under अन्य with   0  &  0 

comments powered by Disqus