तीन जना श्रमिकहरू गिट्टी कुटिरहेका थिए ती मध्ये पहिलो व्यक्तिलाई सोधियो "दाई तपाई किन गिट्टी कुट्दै हुनुहुन्छ ?" उसले आफ्नो पेटतिर देखाउँदै भन्यो -" मैले गिट्टी नकुटेर के गर्नु ? यो पापी पेट तिम्ले पाल्दिन्छौ र ?" उसले आफ्नो पेटलाई दोष दियो । त्यसपछि यहि प्रश्न दोस्रो श्रमिकलाई सोधियो -"दाई तपाइले गिट्टी किन कुट्दै हुनुहुन्छ ?" उसले आफ्नो निधार देखाउँदै जवाफ दियो "मेरो भाग्यमै गिट्टी कुट्न लेखेको छ त के म कुर्ची घुमाएर बसौँ त ?" उसले भाग्यलाई दोष दियो । अन्त्यमा त्यहि प्रश्न तेस्रो श्रमिकलाई सोधियो, ऊ भने खुबै हँसिलो र उत्साहित देखिन्थ्यो, त्यतिमात्र हैन उसको अगाडि गिट्टीको थुप्रो पनि अरुको भन्दा ठूलो थियो । "दाई तपाई गिट्टी किन कुट्दै हुनुहुन्छ ?" उसले जवाफ दियो- "बाबू, जीवनभर मैले कुटेका गिट्टीबाटै आजसम्म सयौँ घरहरू बने, विधालय र अस्पतालहरू बने, यो उमेरमा पनि म गिट्टी कुट्दैछु किनकि यसपाली यो नदीमा पुल बन्दैछ ।" Moral: "दुःख जसले पनि गर्छ तर मुख्य बात यो हो कि तिमी केका लागि दुःख गर्दैछौ ।"

Posted By keran on Mon, Nov 25, 2013, 12:29 PM under अन्य with   0  &  0 

comments powered by Disqus